डिसेम्बर २१ः वर्षकै सबैभन्दा छोटो दिन, आज १० घण्टा २३ मिनेट मात्र घाम लाग्ने

काठमाडौं । डिसेम्बर २१ अर्थात आजको दिन वर्षको सबैभन्दा छोटो दिन हो । जुन–जुलाइपछि दिन छोटो र रात लामो हुन थाल्छ र डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा कक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम समय पर्ने भएकोले दिन छोटो र रात लामो हुने कुरा खगोलशास्त्रीहरु बताउँछन् ।

नेपाल पृथ्वीको उत्तरी र पूर्वी गोलार्धमा पर्छ । नेपालमा आज १० घण्टा २३ मिनेट मात्र घाम लाग्छ । अब भोलीबाट भने बिस्तारै दिन लामो र रात छोटो हुँदै जान्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here