स्पेनिस लालिगाः सहज जितको खोजीमा बार्सिलोना

काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोनाले रियल भालाडोलिडसँग प्रतिस्पर्धा गर्दैछ ।

भालाडोलिडको घरेलु मैदानमा नेपाली समय अनुसार राति २ः४५ बजेबाट सुरु हुने खेलमा बार्सिलोना सहज जितको खोजीमा रहनेछ ।

अहिलेसम्म लिगमा १३ खेल खेलेको बार्सिलोना २१ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । यता १४ अंकसहित रेलिगेसन जोनमा रहेको भालाडोलिड पनि बार्सिलोनालाई पराजित गर्दै आफ्नो स्थान सुधार्ने लक्ष्यमा रहनेछ । भालाडोलिड अहिले १८ औं स्थानमा छ ।

अपेक्षा गरेअनुसारको नतिजा निकाल्न नसकेको बार्सिलोना लिगमा बलियो बन्न आजको खेलमा जित निकाल्नै पर्ने दबाबमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here