बार्सिलोनालाई ला लिगा उपाधि दिलाउन प्रयासरत छुः कप्तान मेस्सी

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बार्सिलोनालाई यस सिजनको ला लिगा उपाधि दिलाउन आफू प्रयासरत रहेको बताएका छन् ।

कप्तान मेस्सीले जारी सिजनमा अहिलेसम्म बार्सिलोनाको लागि आफ्नो उत्कृष्ट नभएको बताउदै आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् ।

स्पेनिस टेलिभिजन च्यानल ‘ला सेक्ता’सँग कुरा गर्दै मेस्सीले भने, ‘मैले सिजनको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाएको थिएँ । सोचेअनुरुप सिजन बितेको छैन । अहिले म धेरै राम्रो अवस्थामा छु । तर, साँचो यो हो कि मेरा लागि यो सिजन हालसम्म राम्रो हुन सकेको छैन् ।’

मेस्सीले बार्सिलोनाको लागि मेस्सीले ६४३ गोल पुरा गरिसकेका छन् । मेस्सीले पेलेको रेकर्डसँग बराबरी गर्ने क्रममा गत शनिबार भएको भ्यालेन्सियाविरुद्धको खेलमा बार्सिलोनाका लागि ६४३ गोल पूरा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here