थप ७२२ जनामा कोरोना पुष्टि, ९६६ जना संक्रमण मुक्त

काठमाडौं, ७ पुस । पछिल्लो २४ घण्टामा देशभर ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७२२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको पुगेको छ ।

थप ९६६ जना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here