बार्सिलोनाको सहज जित, मेस्सीले बनाए कीर्तिमान

काठमाडौं, ८ पुस । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सलोनाले भालाडोलिडमाथि सानादार जित निकालेको छ।

जोस जोरिल्ला स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-० को सानदार जित निकालेको हो।

बार्सिलोनाको जितमा क्लेमेन्ट लेंगलेट, मार्टिन ब्रेथवैट र लियोनेल मेसीले एक एक गोल गरेका थिए ।

मेसीले यस खेलमा गोल गरेसँगै आफ्नो क्यारियरमा ६४४ गोल गरेका छन् । मेसीले योसँगै ब्राजिलका महान फुटबलर पेलेको गोलको किर्तिमान तोडेका छन् । पेलेले आफ्नो क्यारियरमा सबै प्रतिष्पर्धामा ६४३ गोल गरेका थिए ।

मेसीले पेलेको रेकर्ड तोडेपछि आफुले खेल्न शुरु गर्दा कहिल्लै पनि रेकर्ड तोडछु भनेर नसोचेको बताउदै, पेलेको रेकर्ड तोड्ने त झन् नसोचेको बताएका छन् ।

यो जितपछि बार्सिलोनाको ला लिगामा १४ खेलमा २४ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै रियल भल्लाडोलिडको भने १५ खेलमा १४ अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here