काठमाडौं, ८ पुस । नेकपा प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन भएका छन् ।
मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा प्रचण्डलाई दलको नेता चुनेको हो । यसअघि नेकपा संसदीय दलको नेता केपी शर्मा ओली थिए।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए ।
यसअघि मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउनुका साथै माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको थियो ।