फेसियल हाउसले १३ औं बार्षिक उत्सव पुस १० गते मनाउँदै

फाइलफोटो

काठमाडौं । सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको नेपालकी बरिष्ठ सौन्दर्यविज्ञ सुषमा महराको फेसियल हाउसले स्थापनाको १३ औं बार्षिक उत्सव पुस १० गते मनाउँदै छ ।

विघटित प्रतिनिधि सभा सांसद शान्ता चौधरीको प्रमुख आतिथ्यतामा काठमाडौंको कान्तिपथमा रहेको होटल एलोप्यागोडा एक कार्यक्रमका बीच दिउँसो २ गते बार्षिक उत्सव मनाउन लागेको हो ।

फेसियल हाउसले यस अघि पनि कर्मचारी विशेष सम्मान सहित पुरस्कृत वितरण गरेर कार्यक्रम मनाउँदै आइरहेको थियो ।

२०५५ सालमा काठमाडौं मलमा स्थापना भएको फेसियल हाउस लेडिज एण्ड जेन्ट्स सैलून नेपालकै एउटा अग्रणी सैलूनको रुपमा स्थापित भइसकेको छ । फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको छ ।

टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण ९आइ लाइसिस एक्सटेन्सन०, जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् ।

फेसियल हाउस काठमाडौं भित्र भएका ब्युटि सैलूनहरु मध्येकै उत्कृष्ट सैलून अन्तर्गत पर्दछ । फेसियल हाउसले ब्युटि ट्रेनिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here