घरबाट टाढा बस्ने मानिसहरुलाई उच्च रक्तचापको जोखिम, कसरी बँच्ने ?

धेरै मानिसहरु आफ्नो पढाई वा कामको सिलसिलमा घरपरिवारबाट टाढा बस्ने गर्दछन् ।

धेरै समयसम्म घर बाहिर बस्ने युवाहरुमा छिटो रिसाउने र धेरै समयसम्म चिन्तित रहने जस्ता नराम्रो बानीहरुको विकास हुन सक्छ ।

घरबाहिर एक्लै बस्ने युवाहरुमा यस्ता बानीको कारण विभिन्न प्रकारको समस्याहरु आएको पनि हामीले देख्न सक्छौं ।

यस्ता युवाहरुलाई उच्च रक्तचापको समस्या पनि धेरै हुने पाइएको छ । उच्च रक्तचाप यस्तोसमस्या हो जसमा रक्तकोष वा धमनीमा रगतको दबाब बढी हुन्छ र मानिसलाई मुटुको समस्या देखिन सक्छ ।

यस समस्याको कारण मुटुले सबै कोषहरुमा रगत पुर्याउनको लागि धेरै मेहेनत गर्नुपर्ने हुन्छ ।

भारतको पीजीआई अस्पतालको कार्डियोलोजीका चिकित्सकहरुले गरेको एक अध्ययन अनुसार उच्च रक्तचापको मुख्य कारण चिन्ता र अस्वस्थ्यकर खानपान रहेको पाईएको छ ।

यस्ता क्रियाकलापको कारण रगतको गतिमा वृद्धि हुन गई उच्च रक्तचापको समस्या हुने गर्दछ ।

अध्ययनले पहिले यस्तो समस्याहरु ४० वर्ष कटेका मानिसहरुमा मात्रै देखिने गरेको भएपनि अहिले यो समस्या २५ वर्षका मानिसहरुलाई समेत हुने गरेको बताएको छ ।

उच्च रक्तचाप हुनुका कारणहरु
— मोटोपन
— निन्द्राको कमी
— धेरै मात्रामा रिसाउने
— मासुजन्य पदार्थ धेरै खानु
— धेरै चिल्लो खानेकुरा खानु
— अस्वस्थ्यकर खानपान शैली

उच्च रक्तचापका लक्षण
— सुरुमा टाउकोका साथै घाँटी पछाडी दुख्ने
— सास फेर्न गाह्रो हुुने
— रक्तचापको समस्या बढ्दै जाँदा पिसाबमा रगतको मात्रा पनि देखा पर्छ
— चक्कर लाग्ने, सामान्य मानिसलाई भन्दा छिटो र धेरै थकाई लाग्ने
— राती निन्द्रा नलाग्ने र मुटुको धड्कन बढ्ने

उच्च रक्तचापको समस्याबाट बच्ने घरेलु उपाय

— उच्च रक्तचापबाट बच्नको लागि बिहान खाली पेटमा दुई वटा लसुनको पोटी खाने
— एक चम्चा मेथीको धुलोलाई पानीमा घोलेर बिहान खाने
— स्वस्थ्यकर खानपानमा धयान दिने
— चिल्लो र मसालेदार खानेकुरा कम खाने
— दिनमा कम्तीमा ७ घण्टा सुत्ने
— मासु र मासुजन्य पदार्थ कम मात्रामा खाने
— नियमित शारीरिक व्यायाम गर्ने
— उच्च रक्तचापका बिरामीहरुले दैनिक जीवनको एउटा तालिका बनाएर सुत्ने, व्यायाम गर्ने, काम गर्ने
र खाने समय उल्लेख गर्ने र त्यहि अनुसार काम गर्ने गर्नुपर्छ ।
— यस्ता बिरामीहरुले हप्तामा तीन चार पटक शरीरमा तेल लगाएर मालिस गर्ने
— चिन्ताबाट टाढा वस्ने
— नुन कम खाने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here