‘माधव नेपालले उपद्रो मच्चाए वापत स्वर्ण भनेको सिल्भर पदक पाउनुभएछ ‘

काठमाडौं, ९ पुस । नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माघव नेपालप्रति व्यङ्ग्य गरेका छन् ।

बालुवाटारस्थित तेस्रो केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले नेकपामा उपद्रो मच्चाएवापत माधव नेपालले रजत पदक पाएको भन्दै व्यङ्ग्य गरेका हुन् ।

ओलीले माधव नेपाललाई प्रचण्डले झुक्याएर दोस्रो वरियताको अध्यक्ष बनाएको बताए । ‘मसँग उधारो हुन्न, हाताहाती चाहिन्छ । महाधिवेशनसम्म कुर्ने ? भन्नुहुन्थ्यो । प्रचण्डले हाताहाती दिनु भएछ । तर, झुक्याएर दोस्रो अध्यक्ष । स्वर्ण होइन, सिल्भर’, ओलीले बैठकमा भने ।

ओलीले आफूसँग राजनीतिक विभाजन गरेर अलग भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचनमा जान डराएर आन्दोलनमा लागेको आरोप लगाएका छन्।

‘उहाँहरुलाई जनमतदेखि सधैँ डर लाग्छ, निर्वाचन भएमा प्रधानमन्त्री र अध्यक्ष हुन पाइँदैन भन्ने भयले गाँजेको छ, घालमेल गरेर प्रधानमन्त्री र अध्यक्ष हुने बानी जो परेको छ,’ ओलीले प्रचण्ड-नेपाल समूहलाई सोधेका छन्, ‘चुनावमा जान किन डराएको? आन्दोलन किन गर्न खोजेको हो?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here