‘प्रचण्ड’ ओली समूहको कारबाहीमा, कार्यकारी अधिकार खोसियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कारबाही गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्डलाई कारबाही गर्ने निर्णय गरेको हो ।

ओली नेतृत्वको नेकपाको बिहिबार वालुवाटारमा बसेको केन्द्रिय समितिको बैठकले प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो । तर, प्रचण्डलाई अध्यक्षबाट भने हटाइएको छैन ।

यसअघि ओली नेतृत्वको नेकपाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर उनको स्थानमा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here