संसद विघटनविरुद्ध ‘हामी यहाँ छौँ ‘ भन्दै प्रचण्ड–माधव नेपालको समूह सडकमा

काठमाडौं, १० पुस । संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल समूहले आन्दोलन शुरु गरेको छ ।

माइतीघरबाट शुरु भएको प्रदर्शनमा ‘हामी जिउँदै छौं, हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेता–कार्यकर्ताहरु सहभागी भएका छन् ।

उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

। माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने प्रचण्ड–नेपाल समूहको योजना छ ।

नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । पुष ५ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद सदर गरेपछि प्रचण्ड–नेपाल समूहले विरोध गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here