मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

काठमाडौं, १० पुस । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार छन् ।

चोरी गरेको बा ८१ प ५२७५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

कपनबाट हराएको भनि अभिषेक ढकालले हुलिया सहितको निवेदन मिति २०७४ असोज ९ गते यस महाशाखामा दिएका थिए ।

उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here