मुख्यमन्त्री भट्टले गरे ओली पक्षीय सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

काठमाडौं, १४ पुस । । केपी ओली समूहमा रहेका सुदूरपश्चिम प्रेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ ।

विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षीय मन्त्री बोहरालाई मंगलवार बर्खास्त गरेका हुन् ।

नेकपा विभाजित भएपछि मन्त्री बोहरा ओली पक्षमा लागेका थिए । मुख्यमन्त्री भट्टले बोहरालाई बर्खास्त गरेर प्रचण्ड–नेपाल पक्षकै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

आफ्नै समूहभित्र असन्तुष्टि देखिँदा मुख्यमन्त्री पद नै धरापमा पर्ने अवस्था आएपछि भट्टले ओली पक्षका मन्त्रीहरू हटाएर आफ्नो पक्षबाट नियुक्त गर्दै असन्तुष्टि समाधान गर्ने तयारी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट प्रचण्ड निकट हुन । नेकपा केन्द्रमा देखिएको विभाजनको असर प्रदेश सरकारमा पनि देखा पर्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here