कोरोना प्रभावित अमेरिकाबासीले पुनः २ हजार डलर राहत पाउने

काठमाडौं । अमेरिकामा नोवेल कोरोना भाइरसको महामारीबाट प्रभावित बनेका व्यक्तिहरुले पुनः २ हजार डलर बराबरको राहत रकम पाउने भएका छन् ।

अमेरिकाले महामारीको चपेटामा परेकालाई तत्कालै पाउने गरी पुनः २ हजार डलर बराबरको राहत चेक वितरण गर्न लागेको हो ।

यसअघि अमेरिकाले अप्रिलमा कोरोना संक्रमित आफ्नो नागरिकलाई १२ सय डलर बराबरको राहत चेक वितरण गरेको थियो ।

कोरोनाको कारण सबैभन्दा धेरै मानविय क्षति व्यहोर्ने देशमा अमेरिका शिर्ष स्थानमा छ ।

अमेरिकामा कोरोना संक्रमणबाट अहिलेसम्म ३ लाख ४० हजारभन्दा धेरै मानिसको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या झण्डै २ करोड पुगेको छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here