२०२० को अन्तिम खेलमा आज बार्सिलोना एयबारसँग भिड्दै

काठमाडौं । स्पेनिस क्लव बार्सिलोना ला लिगामा मंगलवार राति सन् २०२० को अन्तिम खेल खेल्दैछ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा नेपाली समय राति १२ बजेबाट सुरु हुने २०२० को अन्तिम खेलमा बार्सिलोना एयबारसँग भिड्दैछ ।

उक्त खेलमा बार्सिलोनाका कप्तान मेस्सी भने उपस्थित हुने छैनन् । मेस्सीले भर्खरै दाहिने एङ्कलको उपचार गराएका कारण आजको खेलमा उपस्थित नहुने बताईएको छ ।

सिजनको सुरुवात राम्रो नभएको बार्सिलोना २०२० को अन्तिम खेलमा जित निकाल्ने दाउमा मैदानमा उत्रदै छ । अहिलेसम्म लिगको १४ खेल खेलिसकेको बार्सिलोना ७ खेलमा जित, ३ खेलमा बराबरी र ४ खेलमा पराजित भएको बार्सिलोना २४ अंकसहित अंक तालिकाको ५ औं स्थानमा छ ।

यता एयबार भने १५ खेल खेलिसकेकोमा ३ खेलमा जित, ६ खेलमा बराबरी र ६ खेलमा पराजित हुँदै १५ अंकसहित अंक तालिकाको १७ औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here