‘केपी ओलीमा कम्युनिस्ट पार्टीमा हुनुपर्ने गुण छैन, सच्चिन अन्तिम मौका दिएका छौं’

काठमाडौं, १४ पुस । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण नै नभएको बताएका छन् ।

राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीमा लोकतान्त्रिक गुणसमेत नभएको बताए । ओली असंवैधानिक कदमबाट पछि हटे आफूहरु सबै कुरा बिर्सनसमेत तयार रहेको नेता नेपालले बताए । नेपालले निरंकुश केपी ओलीको आयु पुगेको र सच्चिनका लागि अन्तिम मौका रहेको बताए ।

पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उनले बताए ।

संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सुध्रिनुहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं ।’

तर, मैले भनेको छु बालुवाटारको बालुवा पेल्दा-पेल्दा तेल निकाल्न सकिन्छ कि ? तेल निकाल्नुभयो भने धन्यवाद । बाङ्गो पुच्छरलाई तेल घस्दा सोझो बनाउन सक्नुहन्छ भने धन्यवाद,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here