‘ओली सच्चिए यस्तो दिन आउला भन्ने सोचेका थिएनौं, हामीले बुझ्न सकिएन माफी चाहन्छु ’

काठमाडौं, १४ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग क्षमा मागेका छन् । राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी मागेका हुन् ।

सभामा बोल्दै उनले भने, ‘हामीले बुझ्न सकिएन छ,केपी ओलीलाई । यति छिटो संविधानमाथि निमर्म प्रहार गर्न सकेको थिएन् । हामीले बनाएको कम्युनिस्ट पार्टीको अध्यक्षले गर्नुहोला भनेर सपनामा पनि सोचेका थिएनौं ।’

उनले भने आफूले नै बनाएको प्रधानमन्त्री केपी ओलीका कारण संविधान र गणतन्त्रमाथि प्रहार भएको भन्दै जनतासँग क्षमा चाहान्छु । ‘तीन वर्षअघि पार्टी एकीकरणको प्रस्ताव लिएर जाँदा तीन वर्षपछि ओलीका विरुद्ध आन्दोलन गर्नुपर्ला भनेर सोचेको थिइनँ, विडम्बना आज विरोध प्रदर्शन र सभा गर्दैछौं,’ प्रचण्डले भने ।

प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री बनाएकोमा क्षमा माग्नुपर्ने अवस्था आएको बताए ।

‘गणतन्त्र उहाँको सिद्धान्त होइन, बयलगाडावाला सिद्धान्त हो भन्ने थाहा थियो । उहाँ संघीयता र धर्मनिरपेक्षता पक्षधर होइन भन्ने थाहा थियो, तर गणतन्त्रको बाढी आएपछि उहाँ बगेर आउनुहोला भन्ने लागेको थियो,’ प्रचण्डले भने, ‘आज घटनाक्रमले के पुष्टि गर्‍यो भने उहाँ गणतन्त्रविरोधी बयलगाडामै हुनुहुँदोरहेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here