मेसी बिनाको बार्सिलोना हारबाट जोगियो

काठमाडौं, १५ पुस । स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना इबरसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

सब्सिच्युट खेलाडी ओसमाने डेम्वेलेको गोल सहयोगमा क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा हारबाट जोगिदै अंक बाड्न बाध्य बनेको हो ।

मुख्य खेलाडी तथा कप्तान लियोनेल मेस्सी चोटका कारण टोलीमा अनुपस्थित रहँदा टोलीले ७३ प्रतिशत बल पोसेसन राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । बार्सिलोनाको केही प्रहारमा गोलरक्षक डिमिट्रोभिक बाधक बनेको थियो ।

खेलमा इबरका लागि खेलको ५७औ मिनेटमा किकेले गोल गर्दै शुरुवाती अग्रता लिएकोमा बार्सिलोनाका लागि उसमान डेम्बेलेले १० मिनेटपछि गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस खेलपछि बार्सिलोना १५ खेलपछि २५ अंक हासिल गरेको छ भने लिगमा छैठौ स्थानमा रहेको छ । त्यस्तै इबरको १६ खेलमा १६ अंकसहित १५औ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here