कोरोना संक्रमणः गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या १८६ पुग्यो, कास्कीमा मात्रै १०५

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट अहिलेसम्म १८६ जनाले ज्यान गुमाईसकेका छन् ।

स्वास्थ्य निर्देशनालय पोखराको पछिल्लो तथ्यांक अनुसार प्रदेशमा कोरोना संक्रमणको कारण अहिलेसम्म १८६ जनाले ज्यान गुमाएका हुन् ।

निर्देशनालयको तथ्यांक अनुसार प्रदेशको कास्की जिल्लामा कोरोनाको कारण सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । कास्कीमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १०५ जना रहेको छ ।

त्यस्तै, तनहुँमा २०, नवलपरासी पुर्वमा २०, स्याङ्जामा १३, गोरखामा ९, बाग्लुङमा ८, लमजुङमा ५, पर्वत र म्याग्दीमा ३/३ जनाको कोरोनाको कारण ज्यान गईसकेको छ ।

यसको अलवा प्रदेशको मनाङ र मुस्ताङमा भने कोरोनाको कारण अहिलेसम्म कसैको पनि ज्यान गएको छैन् ।

प्रदेशमा अहिलेसम्म कुल १३ हजार ५ सय ६३ जनाका कोरोना संक्रमण पुक्ष्टी भएको छ । प्रदेशभर अहिले कुल सक्रिय संक्रमितको संख्या १ हजार ६ सय १२ जना रहेको निर्देशनालयको तथ्यांकले देखाउछ ।

नेपालमा अहिलेसम्म २ लाख ५९ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा २ लाख ५१ हजार ३ सय १२ जना कोरोना मुक्त भईसकेका छन् भने कोरोनाको कारण १ हजार ८ सय ४० जनाको ज्यान गईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here