खाता अद्यावधिक गर्न नेपाल बैंकको आग्रह

काठमाडौं, १५ पुस । नेपाल बैंक लिमिटेडले एक सूचना जारी गर्दै खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

बचत खाताको हकमा विगत तीन वर्ष तथा चल्ती र कल खातको हकमा विगत ६ महिनाभन्दा बढी समयावधिदेखि कुनै पनि बैंकिङ कारोबार नगरेका खातावालको लागि बैंकले यस्तो सूचना निकालेको हो ।

सूचनामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन, २०७७ बमोजिम बैंकमा विभिन्न मितिमा खाता खोली बचत खाताको हकमा विगत ३ वर्ष तथा चल्ती र कल खाताको हकमा विगत ६ महिनाभन्दा बढी समयावधिदेखि आफ्नो तर्फबाट कुनैपनी बैंकिङ्ग कारोबार नगरेका खाताधनीहरूलाई बैंकको नजिकैको शाखा कार्यलयमा सम्पर्क गरी ग्राहक पहिचान सम्बन्धी विवरणहरू अद्यावधिक गराई खाता सुचारू गर्न अनुरोध गरेको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here