बार्सिलोना ला लिगाको उपाधिबाट टाढा जाँदै छः प्रशिक्षक कोइम्यान

काठमाडौं । स्पेनिस क्लव बार्सिलोनाको मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानले बार्सिलोना स्पेनिस ला लिगाको उपाधिभन्दा धेरै टाढा रहेको बताएका छन् ।

मङ्गलबार राति बार्सिलोना इबरसँग १–१ गोलको बराबरीमा रोकिएपछि भएको पत्रकार सम्मेलनमा कोइम्यानले उक्त कुरा बताएका हुन् ।

‘सत्य भन्नुपर्दा बार्सिलोनाको लागि ला लिगाको उपाधि जित्न कठिन बनिसकेको छ’ कोइम्यानले भने, ‘लिगको उपाधिबाट हामी टाढा भइसकेका छौं । असम्भव केही पनि छैन तर दूरीको हिसाब जान्नुपर्छ । एथ्लेटिको लिगमा अब्बल देखिएको छ । उनीहरूले धेरै गोल खाएका छैनन् ।’

इबरसँग अंक बाढेको बार्सिलोना १५ खेलबाट ७ खेलमा जित, ४ खेलमा बराबरी र ४ खेलमा पराजय हुँदै २५ अङ्क सहित अंक तालिकाको छैटौं स्थानमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here