माउन्टेन फ्लाइटको भाडा बढ्यो, कुन एयरलाइन्सको कति ?

काठमाडौं । यात्रुको चाप बढेपछि एयरलाइन्स कम्पनीहरुले माउन्टेन फ्लाइटको भाडा बढाएका छन् ।

करिब ८ महिनापछि मंसिर २० गतेदेखि माउन्टेन फ्लाइट सुचारु गरेका बुद्ध एयर र यती एयरलाइन्सले भाडा बढाएका हुन् ।

अपेक्षाभन्दा बढी यात्रु आउन थाले पछि दुवै कम्पनीले माउन्टेन फ्लाइटको भाडादर ११०० रुपैयाँले बढाएक छन् ।

बुद्धले यसअघि माउन्टेन फ्लाइटको भाडा ८ हजार ८९९ रुपैयाँ लिँदै आएको यसलाई बढाएर ९ हजार ९९९ रुपैयाँ पुर्याएको छ ।

यस्तै, यतीले पनि यसअघि ८ हजार ८४८ रुपैयाँमा माउन्टेन फ्लाइट गराउँदै आएको त्यसलाई बढाएर ९ हजार ९४८ रुपैयाँ पुर्‍याएको छ।

यसअघि यात्रुलाई आकर्षित गर्न दुवै एयरलाइन्सले एउटा टिकट किन्दा अर्को टिक सित्तैमा दिने अफर ल्याएका थिए । यात्रु चाप बढेसँगै वायुसेवा कम्पनीहरुले माउन्टेन फ्लाइटको संख्या पनि बढाउने तयारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here