काठमाडौंको तापक्रम शून्यमा झर्‍यो

काठमाडौं, १६ पुस । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। चिसो बढेको कारण काठमाडौं उपत्यकामा बिहीबार तापक्रम शून्यमा झरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको हो । यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।

बुधबार दिउँसो काठमाडौंको तापक्रम १६.६ डिग्रीसम्म पुगेको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ ।

यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस १६ गते (बिहीबार)

दिउँसो : प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस १७ गते (शुक्रबार)

दिउँसो : प्रदेश १ र सुदुरपश्चिम प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भाग साथै सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस पौष १८ गते (शनिबार)

दिउँसो : लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुरपश्चिम प्रदेशका १-२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here