उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

काठमाडौं, १६ पुस । उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्‍वर-६, धर्मस्थलीबाट १ जना र काठमाण्डौ-१६, म्हैपीबाट ४ जना गरी मोटरसाईकल चोरी गर्ने ५ जनालाई पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

धर्मस्थलीबाट जिल्ला नुवाकोट काउले गाउँपालिका वडा नं. ५ घर भई हाल काभ्रेस्थली बस्ने वर्ष २२ को रमेश तामाङ्गलाई प्रदेश ३-०२,०१६ प ३८०४ नम्वरको रातो रंगको २०० सी.सी. को पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उक्त नम्वरको मोटरसाईकल कात्तिक २ गते खुमलटार ललितपुरबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि रोशन अधिकारीले निवेदन यस महाशाखामा दिएको थिए ।

उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाईएको छ ।

त्यस्तै, काठमाडौ म्हैपीबाट जिल्ला नुवाकोट दुप्चेश्‍वर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमण्डौ झोर बस्ने वर्ष २२ को किरण लामा, जिल्ला नुवाकोट दुप्चेश्‍वर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं गणेशस्थान बस्ने वर्ष २१ को क्षितिज तामाङ्ग, जिल्ला नुवाकोट सुर्यगडी गाउँपालिका वडा नं. १ घर भई हाल जिल्ला काठमाडौं मनमैजु बस्ने वर्ष २३ को दिपक तामाङ्ग र जिल्ला बारा करैया गाउँपालिका वडा नं। ४ घर भई हाल तार्केश्‍वर नगरपालिका वडा नं. १० बस्ने वर्ष २३ को गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरूको साथबाट प्रदेश ३-०२-०१५ प ३६०४ नम्वरको कालो रंगको १५० सी.सी. को पल्सर मोटरसाईकल पक्राउ परकोमा उक्त मोटरसाईकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

उक्त नम्वरको मोटरसाईकल असार २१ गते जिल्ला काठमाण्डौ तार्केश्‍वर नगरपालिका वडा नं. ५ गोल्ढुङ्गाबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि प्रविन ढुंगानाले हुलिया सहितको निवेदन यस महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here