काठमाडौंमा प्रदुषण उच्च भएपछि सरकारले गर्‍यो ५ बुँदे अपिल, यी कामहरू बन्द

काठमाडौं, २१ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढेको भन्दै घर बाहिर निस्कँदा सावधानी अपनाउने आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरेर मर्निङवाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न आग्रह गरेका हुन् ।

केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले मर्निङ वाकमा ननिस्कन, फाहोर जथाभावी नजलाउन, घरबाहिर ननिस्कन, केही दिन धुलो धुँवा उड्नेखालका कामहरु नगर्न र अत्यावश्यक नभइ सवारी साधन नचलाउन मन्त्रालयले अपील गरेको हो ।

विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उहाँहरुलाई सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घर बाहिर निस्कदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here