संसद विघटनसम्बन्धी मुद्दा हेर्ने इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा

काठमाडौं, २२ पुस । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने भएका छन्।

बहस गरिरहेका अधिवक्ताले कार्कीमाथि प्रश्न उठाए पछि कार्की बेञ्चमा नबस्ने भएका हुन्। कार्की ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता थिए ।

बुधबार अधिवक्ताहरुले न्यायाधीश कार्की इजलासमा बस्न नहुने तर्क पेश गरेका थिए । त्यसपछि कार्की इजलासमा नबस्ने निर्णयमा पुगेका हुन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अदालत जस्तै बनाउनुपर्ने भन्दै कार्की इजलासमा बस्न उचित नहुने भन्दै आपत्ति जनाएका थिए । त्यस्तै अर्का अधिवक्ता दिनेश त्रिपाठीले पनि हरिकृष्ण कार्कीमाथि गम्भीर प्रश्न उठेकाले बेञ्चमा नबस्न सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here