काठमाडौं, २३ पुस । नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ८३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यो सँगै अहिलेसम्म २ लाख ५६ हजार ६ सय ४४ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ५ हजार ५८ जना रहेको छ ।