सेञ्चुरी कमर्सियल बैंकको दुईवटा मस्कोट सार्वजनिक

काठमाडौं, २४ पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले दुईवटा मस्कोट सार्वजनिक गरेको छ ।

बैंकको व्यवसाय प्रबद्र्धन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कोट शुक्रवार सार्वजनिक गरेको हो ।

यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने बैंकले जनाएको छ ।

सरल र शताब्दीको माध्यमबाटबैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्धत पुग्ने विश्वास बैंको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here