टोकियोमा १ महिने संकटकाल घोषणा, अन्यौलमा ओलम्पिक

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि जापानको राजधानी टोकियोमा १ महिने संकटकाल घोषणा गरिएको छ । जसका कारण ६ महिनापछि हुने भनिएको टोकियो ओलम्पिक अनिश्चित बनेको छ।

जापानका प्रधानमन्त्री योशिहिडा सुगाले कोरोना संक्रमण उच्चतम अवस्थामा पुग्न लागेको भन्दै बिहीबार एक महिना लामो संकटकाल घोषणा गरेको हुन् ।

जसको कारण आगामी २३ जुलाई देखि ८ अगस्टसम्म हुने भनिएको ओलम्पिक अन्यौलमा परेको छ । तर, ओलम्पिकको मिति परिवर्तन हुन्छ वा हुँदैन् भन्ने विषयमा कुनै जानकारी आएको भने छैन् । आयोजक जापानले तोकिएकै मितिमा ओलम्पिक गर्ने दाबी गर्दै आएको छ।

जापानको राजधानी टोकियोमा बिहीबार दुई हजार ४४८ जनामा संक्रमण पुष्टी भएको थियो ।

जापानमा अहिलेसम्म २ लाख ५८ हजार भन्दा धेरै मानिसमा संक्रमण देखा परेको छ भने कोरोनाको कारण तीन हजार ७०० भन्दा धेरैको ज्यान गईसकेको छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here