कुन देशको पासपोर्ट कति शक्तिशाली, नेपाल कमजोर १० भित्र

काठमाडौं, २४ पुस । विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट १०४ औं स्थानमा परेको छ ।

हेन्ली पासपोर्ट इन्डेक्स ले सार्वजनिक गरेको सूचीको नेपाल तीन स्थान तल झर्दै १०४ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १०१ औं स्थानमा रहेको थियो ।

पहिलो स्थानमा जापानी पासपोर्ट पर्न सफल भएको छ । अर्थात, जापानी पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । जापानी पासपोर्ट वाहकले विश्वका १९१ वटा देशमा विना भिसा वा पोर्ट अफ इन्ट्रीमै भिसा प्राप्त गरेर यात्रा गर्न पाउनेछन् ।

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट सूचीको दोस्रोमा सिंगापुर परेको छ । सिंगापुरको पासपोर्टले विश्वका १ सय ९० देशमा अन अराईभल भिसा पाउँदै आएका छन् ।

तेस्रो स्थानमा परेका जर्मनी र दक्षिण कोरियाको पासपोर्ट १८९ स्कोरसहित विश्वका तेश्रो शक्तिशाली पासपोर्ट भएका छन् ।

टपटेनमा युरोपका देशहरु अग्रपंक्तिमा देखिएका छन् । इटाली, फिनल्याण्ड, स्पेन र लक्जेम्बर्ग चौथो नम्बरमा छन् । डेनमार्क र अष्ट्रिया पाँचौ नम्बरमा रहेको छ ।

त्यस्तै स्वीडेन र फ्रान्स, पोर्चुगल, नेदरल्याण्ड र आयरल्याण्ड छैठौं नम्बरमा छन् । अमेरिका, स्वीटजरल्याण्ड, बेलायत, नर्वे, बेल्जियम र न्युजिल्याण्डको पासपोर्ट सातौं नम्बरमा रहेका छन् ।

आठौं ग्रिस, माल्टा, चेक रिपब्लिक, अष्ट्रेलिया रहेका छन् । नवौं नम्बरमा क्यानडा र दशौं नम्बरमा हंगेरीका पासपोर्ट छन् ।

सार्वजनिक सूचीमा नेपालको छिमेकी भारत ८५ औं स्थानमा रहेको छ । भारतीय राहदानीले विश्वका ५८ देशहरुमा यात्रा गर्न सकिन्छ । पाकिस्तान १०७ औं स्थानमा रहँदा छिमेकी चीन ७० औं स्थानमा रहेको छ । चीनको राहदानीले विश्वका ७५ देशमा यात्रा गर्न सकिन्छ ।

विश्वका सबैभन्दा कमजोर पासपोर्टमा पहिलो नम्बरमा अफगानिस्तान रहेको छ । जसबाट जम्मा २६ वटा देशमा विना भिसा वा भिसा अन एराइभलमा यात्रा गर्न सकिन्छ ।

कमजोर पासपोर्टमा इराक दोश्रो, सिरिया तेश्रो, पाकिस्तान चौथो, सोमालिया , यमन पाँचौं, छैठौं, प्यालेस्टाइन सातौं, लिबिया र नेपाल, आठौं नम्बरमा परेका छन् ।

हेन्ली एण्ड पार्टनरले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ । ‘अन अराइभल’ ९सम्बन्धित देशमै गएर भिसा लिन सकिने सुविधा० भिसा प्राप्तीको आधारमा सूची तयार पारिन्छ ।

जुन देशको पासपोर्टले सबैभन्दा बढि देशमा अन अराइभल भिसा पाउँछ त्यसलाई सबैभन्दा शक्तिशाली मानिन्छ । नेपाललाई विश्वका जम्मा ३८ देशले मात्र अन अराइभल भिसा उपलब्ध गर्ने गरेको हेन्ली एण्ड पार्टनरको वार्षिक सूचीमा उल्लेख छ ।

कमजोर पासपोर्ट भएका देश

१. उत्तर कोरियाः ३९ देश

२. लिबिया, नेपालः ३८ देश

३. प्लोस्टाइनी क्षेत्रहरुः ३७ देश

४. सोमालिया, यमनः ३३ देश

५. पाकिस्तानः ३२ देश

६. सिरियाः २९ देश

७. इराकः २८ देश

८. अफगानिस्तानः २६ देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here