स्वस्थ रहन एक दिनमा कति नुन खाने ?

काठमाडौं । नुन खानेकुरालाई थप स्वादिलो बनाउने एक प्रमुख तत्व हो । नुनमा सोडियम पाईन्छ । हामी हरेक दिन नुनको माध्यमबाट सोडियम खान्छौं ।

सोडियमले रगतमा इलेक्ट्रोलाइटको मात्रा कम गर्छ जसले गर्दा बढी तिर्खा लाग्छ।

हाम्रो शरीरमा मिर्गौलाले पानी जम्मा गर्छ र इलेक्ट्रोलाइटको मात्रालाई पनि ब्यालेन्स गर्छ । तर, अधिक मात्रा नुन खादाँ शरीरका रक्तकोषिकाहरु सुनिने र एडिमा नामक रोग लाग्ने खतरा धेरै हुन्छ ।

फास्ट फुड, जंक फुड र प्याकेज्ड फुडमा नुनको मात्रा धेरै हुन्छ । यस्ता खानेकुरा बढी खाँदा तौल बढ्ने समस्या हुन्छ । आफ्नो जीवनशैली र खानपानमा परिवर्तन गरेर सोडियम अर्थात् नुनको सेवन कम गर्न सकिन्छ ।

तौललाई नियन्त्रणमा राखिराख्न फलफूल, कम प्रोटिन भएका खानेकुरा, होल ग्रेन तथा कम फ्याटवाला डेरी उत्पादन सेवन गर्नुपर्छ ।

अधिक सोडियमको सेवनले तौल बढाउनुका साथै शरीरमा वाटर रिटेन्सन र उच्च रक्तचापको पनि समस्या हुन्छ । एक दिनमा २३ सय मिलिग्रामभन्दा कम सोडियम खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ।

कतिपयलाई त सोडियम सेन्सिटिभिटीको पनि समस्या हुन्छ । यस्तो समस्या हुनेले एक दिनमा १५ सय मिलिग्रामभन्दा पनि कम सोडियम सेवन गर्नुपर्छ ।

कसरी कम गर्ने सोडियम ?

– प्याकेजिङ गरिएको र जंकफुड कम खाने

– नेचुरल फुड जस्तै हरियो तरकारी, फलफूल, रेसादार खानेकुरामा जोड दिने

– नियमित रुपमा एक्सरसाइज गर्ने

– पर्याप्त पानी पिउने

– समय–समयमा सोडियम चेक गर्ने र त्यसैअनुसार खानेकुरा खाने (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here