काठमाडौं उपत्यकामा १९४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २५ पुस । काठमाडौं उपत्यकामा एकैदिन १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो काठमाडौंमा १ सय ५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जना संक्रमित भेटिएका हुन्।

यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ६ सय पुगेको छ। जसमध्ये ९५ हजार ८ सय ८८ उपचारपछि निको भएका छन् भने ४ सय ७९ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here