प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

काठमाडौं, २६ पुस । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पहिलो पटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन् ।

समसामयिक विषयमा प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा जानकारी गराउने उनको सचिवालयले जनाएको छ ।

बैठकमा प्रतिनिधिसभा विघटन गर्नु पर्ने बाध्यता र वैशाखको मध्यावधि चुनाव तोकिएकै मितिमा घोषणा हुनेमा प्रधानमन्त्री ओलीले आश्वस्त पार्ने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उनले वैशाखमा चुनावसमेत तय गरेका छन्। प्रधानमन्त्रीको कदमलाई लिएर नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड-नेपाल पक्ष र जनता समाजवादीलगायत दलले विरोध गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here