विश्वमा कोरोनाः संक्रमितको संख्या ९ करोड नाघ्यो, १९ लाख ३४ हजारको मृत्यु

काठमाडौं । विश्वभर ९ करोड भन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर ९ करोड ८६ हजार ५ सय ४९ जनामा संक्रमण पुष्टी भईसकेको छ ।

संक्रमितमध्ये ६ करोड ४४ लाख ८२ हजार निको भएका छन् भने १९ लाख ३४ हजारको मृत्यु भएको छ ।

अझै पनि २ करोड ३६ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

अहिलेसम्म सबैभन्दा अमेरिकामा २ करोड २६ लाखमा कोरोना पुष्टि हुँदा १ करोड ३३ लाख निको भएका छन् । ३ लाख ८१ हजारको भने मृत्यु भएको छ । ८९ लाख सक्रिय संक्रमित रहेको अमेरिकामा २९ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ ।

यस्तै १ करोड ४ लाखमा कोरोना पुष्टि भएको भारतमा अहिलेसम्म १ करोड ७५ हजार निको भएका छन् भने १ लाख ५१ हजारको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ८० लाख ७५ हजारमा कोरोना पुष्टि हुँदा ७१ लाख ४४ हजार निको भइसकेका छन् । २ लाख २ हजारको भने मृत्यु भएको छ ।

परीक्षण ह्वातै घटाइएको नेपालमा संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । जसमध्ये २ लाख ५७ हजार ९२८ जना निको भएका छन् भने १९ सय १२ जनाको मृत्यु भइसकेको छ । अहिले नेपालमा ४ हजार ६८१ जना सक्रिय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here