‘डाक्टर जी’ को तयारीमा आयुष्मान खुराना

भारतिय सिनेमा क्षेत्रमा रुचाइएका बलिउड अभिनेता आयुष्मान खुराना नयाँ फिल्म ‘डाक्टर जी’ को तयारीमा लागेका छन् ।

कमेडी जनरलको भनिएको उक्त सिनेमाको निर्देशन अनुभूति कश्यपले गर्नेछन् ।

यसअघि ‘बरेलीकी बर्फी’, ‘बधाई हो’ जस्ता हिट फिल्म निर्माण गरिसकेको ब्यानर जङ्गल पिक्चर्सले डाक्टर जी को निर्माण गर्ने भएको हो ।

‘डाक्टर जि’ पूर्ण रूपमा कमेडीले भरिएको फिल्म हुने निर्माण पक्षले बताएको छ, जसको काहानी सुमित सक्सेना, विशाल वाघ र सौरभ भरतले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here