पल्सर स्पाेर्टस अवार्ड: गल्फका सुवास तामाङ बने ‘वर्ष युवा खेलाडी’

काठमाडौं, २८ पुस । १३औँ दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेता गल्फका सुवास तामाङ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको ‘वर्ष युवा खेलाडी’ बनेका छन्।

सुवासले वर्ष खेलाडीको मनोनयनमा परेका तेक्वान्दोका भुपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पार्दै वर्ष युवा खेलाडी बन्न सफल भएका हुन्।

सुवासले १३औं सागमा व्यक्तिगत र समूहमा गरी दुई स्वर्ण जितेका थिए । सुवासले नेपाललाई सागमा ऐतिहासिक स्वर्ण दिलाएका हुन् ।

यस्तै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको टिम स्पर्धामा सुवासले बर्मीको टिमबा६ खेल्दै टिम स्पर्धामा रजत जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here