क्लासिक टेकले ल्यायो विशेष अफर: १ वर्षको रिचार्ज गर्दा ४१३० रुपैयाँसम्म छुट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राही लागि विशेष अफर ल्याएको छ । कम्पनीले १ वर्षको रिचार्ज अनलाइन मार्फत गर्दा ग्राहकले २८१६ रुपैयाँ देखि ४१३० रुपैयाँ क्यास डिस्काउन्ट र २ महिन बोनस् पाउने अफर ल्याएको हो ।

कोरोना भाइरसका कारण ग्राहकहरुकै सुरक्षालाई ध्यानदिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ । उत्कृष्ट तथा गुणस्तरीय सेवाप्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसीमका रिचार्ज सुविधामा‘महा छुट अफर’दिएको छ ।

ग्राहकले १ वर्षको शुल्क एकमुष्ट अनलाइन मार्फत भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट (डिस्काउन्ट) पाउँछन् भने, २ महिनाको प्लस बोनस सेवा उपलब्ध हुनेछ ।

त्यस्तैगरी ६ महिनाको रिचार्ज शुल्कभुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिनाको बोनस सेवा उपलब्ध छ । यो भनेको ग्राहकले ६ महिनाको शुल्कतिर्दा थप एक महिना सेवा उपलब्ध हुनु हो । ३ महिनाको प्याकेजमा रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट पाउनेछन् । १ महिनाको रिचार्ज गर्दा ५ प्रतिशत क्यास डिस्काउन्ट दिएको छ।

त्यस्तै, ग्राहकहरुले साधरण शुल्कमा आफ्नो राउटर एक्सचेन्ज पनि गर्न सक्नेछन् । कसैलाई सेवा रिफर गरेमा कम्पनीले सेवामा थपबोनस उपलब्ध गराउने भएको छ । जहाँ १ वर्षको योजनामा २ महिना निःशुल्क बोनस पाउनेछन् भने ६ महिनाको योजनामा १ महिना थप सेवा बोनस हुनेछ । त्यस्तै, कम्तीमा ३ महिनाको सेवा लिएमा १५ दिनको बोनस पाइने छ ।

कम्पनीका अनुसार ग्राहकले जुनसुकै रिचार्ज गर्दा पनिआई पी टीभी एचडी तथा एस डी च्यानल उपलब्ध गराएको छ । ‘ल्यागफ्रि गेमिङ’, ‘भिडिओ स्ट्रिङमिङ’एकदमै राम्रो उत्कृष्ट रहेको क्लासिक टेकको सेवामा देशका प्रमुख शहरहरुमा सजिलै उपलब्ध छ ।

सहज र उत्कृष्ट सेवा प्रवाहगर्दै ग्राहकहरुको मन जित्न सफलकम्पनीले ग्राहकहरुको फाइदा सुविधाका लागि विभिन्न समयमा छुट तथा बोनस अफर ल्याउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here