देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ।

पर्बत जान हिडेका सभापति देउवा चढेको कैलाश एयरको हेलिकप्टर गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल स्थानमा नजिक आकस्मिक अवतरण गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

भट्टराईले सभापति देउवा चढेको हेलिकप्टर खाराब मौसमका कारण आकस्मिक अवतरण गरेको जानकारी दिदै अहिले देउवा सुरक्षित रहेको बताए ।

मौसमको कारणले केहीबेर गोरखामा अवतरण गरिए पनि अहिले देउवा सवार उक्त हेलिकप्टर पर्वतका लागि उडिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here