सेञ्चुरी कमर्शियल बैंकले एकैपटक पारित गर्‍यो २ वर्षको लाभांश

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकैपटक दुई आर्थिक वर्षके लाभांश पारित गरेको छ ।

बैंकको बुधबार सम्पन्न नवौं तथा दशौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को मुनाबाबाट प्रस्ताव गरिएको लाभांश पारित गरेको हो ।

बैंकले गत आव २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद गरी कुल ७.५० प्रतिशत लाभांस प्रस्ताव गरेको थियो ।

बैंकको सोही साधरणसभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रस्तावित ४.७५ प्रतिशत नगद र २ प्रतिशत बोनस गरी ६.७५ प्रतिशत लाभांश पारित गरेको छ ।

यस्तै, साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५ /७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।

साथै, साधारण सभाले संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्न ३ जना संचालक रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।

चालू आवको असोज मसान्तसम्म बैंकले कुल ८२.४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६६.९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिसम्म बैंकले २२.०२ करोड खुद मुनाफा कमाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here