यी हुन् सबैभन्दा धेरै माइलेज दिने मोटरसाइकल, कुनको मूल्य कति ?

काठमाडौं । नेपालमा दुईपांग्रे सवारी चलाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ। यसमा पनि काठमाडौँ उपत्यकामा मोटरसाइकल तथा स्कुटर सहज हुनाले यसमा निर्भरता बढिरहेको छ।

ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म लाखौं मासिनहरु मोटरसाइकल प्रयोग गरिरहेका छन् । कम मूल्यमा धेरै माइलेज दिने मोटरसाइकलको माग धेरै हुन्छ ।

यस्तोमा तपाईंपनि कम मूल्यमा धेरै माइलेज दिने मोटरसाइकल किन्ने सोँचमा हुनुहुन्छ भने यी कुरा तपाईंलाई उपयुक्त हुनसक्छन् । धेरै माइलेज दिने मोटरसाइकहरु निम्न छन् ।

टिभीएस स्पोर्ट

टिभीएसका मोटरसाइकल धेरै माइलेज दिने मोटरसाइकलको रुपमा परिचित छ । टिभीएस स्पोर्ट मोटरसाइकलमा ९९.७७ सिसिको इन्जिन छ । यस मोटरसाइकलको इन्जिन अन्य मोटरसाइकलको तुलनामा केही कम रहेपनि माइलेजको तुलनामा भने यो मोटरसाइकल निकै अघि छ ।

टिभीएस स्पोर्टको माइलेज ७५ किलोमिटर प्रतिलिटर रहेको कम्पनीको दाबी छ । यस मोटरसाइकलको नेपाली मूल्य १ लाख ५१ हजार ९०० रुपैयाँ तोकिएको छ ।

बजाज सिटी ११०

बजाज सिटी ११० मोटरसाइकलको पनि माइलेज निकै राम्रो छ । बजाज सि टी ११० मा ११५.४५ सिसिको इन्जिन जडान गरिएको छ । यस मोटरसाइकलमा ४ वटा गिअर बक्स जडान गरिएको छ ।

बजाज सिटी ११० को माइलेज ७० किलोमिटर प्रतिलिटर रहेको कम्पनीको दाबी छ । यस मोटरसाइकलको नेपाली मूल्य १ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

हिरो प्यासन प्रो

हिरो मोटर्सको प्यासन प्रो मोटरसाइकल बि.एस सिक्स इन्जिन जडान भएको धेरै माइलेज दिने मोटरसाइकलमा पर्छ । यस मोटरसाइकलमा ११० सिसिको सिंगल सिलिन्डर इन्जिन जडान भएको छ । हिरो प्यासन प्रो ले प्रतिलिटर ६८ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यस मोटरसाइकलको नेपाली मूल्य १ लाख ७८ रुपैयाँ रहेको छ ।

होन्डा सि.डी ११० ड्रिम्स

होन्डाको सि.डी ११० ड्रिम्स पनि धेरै माइलेज दिन मोटरसाइकलको सूचीमा पर्छ । १०९.५५ सिसिको इन्जिन भएको होन्डा सि.डी ११० ड्रिम्सको नेपाली मूल्य १ लाख ८४ हजार रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here