नेपाल बैंकको ६१ औं वार्षिक साधारण सभाबाट १६ प्रतिशत लाभांश पारित

काठमाडौं, २ माघ । नेपाल बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंककाे ६१औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यस अवसरमा बैंकको आर्थिक वर्ष २०७६/ ७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भएको बैंकले जनाएको छ ।

सभाले हालको चुक्ता पूँजी रु.११,२८,२८,२०,२०० को ४ (चार) प्रतिशतका दरले हुन आउने पंैतालिस करोड तेह्र लाख बाह्र हजार आठ सय आठ नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १२ (बाह्र) प्रतिशतका दरले हुन आउने एक अर्ब पैंतिस करोड उन्चालिस लाख अड्तिस हजार चार सय चौविस रुपैयाँ रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै, बोनश शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी बाह्र अर्ब त्रिसठ्ठी करोड सतसठ्ठी लाख अन्ठावन्न हजार छ सय चौविस रुपैयाँ कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here