पुनर्बीमा कम्पनीको साधारण सभाबाट दुई सञ्चालक नियुक्त

काठमाडौं, २ माघ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको पौष २९ गते कार्की ब्याङक्वेट, बबरमहलमा सम्पन्न साधारण सभाले एक जना संस्थापक सञ्चालक र एक जना सर्वसाधारण सञ्चालक नियुक्त गरेको हो ।

सभाले आ.ब. २०७५/०७६ को संचालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रदिवेदन सहितको २०७६ आसाढ मसान्तको वासलात तथा आ.व. २०७५/०७६ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको जनाएको छ ।

उक्त सभाले आ.व. २०७६/०७७ मा लेखा परिक्षण कार्य गर्नका लागि साविकका श्याम कार्की एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस्लाई दोस्रो वर्ष भएकोले पुनः नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट डा. डिल्लिराज अर्याल तथा नियमावलीको नियम २७ को उपनियम (२) (ङ) अनुसार सर्वसाधारण शेयरधनीहरुबाट नवराज भण्डारी सभाबाट निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाले संचालक समितिको निर्णण बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तरगतका खर्च गरिएको रकमलाई अनुमोदन गरेको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरवदलको सुझाब प्राप्त भएमा सो बमोजिम सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here