मञ्जुश्री फाइनान्सका लगानीकर्ताले २३.५० प्रतिशत लाभांस पाउने, अध्यक्षमा इन्दिरा पण्डित सर्वसम्मत

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २३ दशमलव ५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।

कम्पनीको गत २९ गते सम्पन्न १३ औंं वार्षिक साधारण सभाले १८ प्रतिशत बोनस सेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांस गरी २३ दशमलव ५० प्रतिशत लाभांस दिने निर्णय गरेको हो । बोनस सेयर वाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

तेह्रौ वार्षिक साधारण सभाबाट संस्थापक समूहका सेयर धनिहरुका तर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट दिल मान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभा पश्चात सम्पन्न सञ्चालक समिति बैठकले इन्दिरा पण्डित घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

संस्थाको हाल सम्म ९ अर्ब निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । संस्थाको हालसम्म ९ अर्ब रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ९६करोड रुपैयाँ कर्जा लगानीरहेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल, धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्जशाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here