मञ्जुश्री फाइनान्सकी नवनियुक्त अध्यक्ष इन्दिरा पण्डितद्धारा सपथ ग्रहण

काठमाडौं, ४ माघ । मञ्जुश्री फाइनान्स लिमिटेडकी नवनियुक्त अध्यक्ष इन्दिरा पण्डित घिमिरेले पद तथा गोपनीयताको सपथ लिएकी छन्।

नवनियुक्त अध्यक्ष घिमिरेले नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालबाट पद तथा गोपनीयताको सपथ लिएकी हुन्।

यसैबीच संस्थाको हालै सम्पन्न १३ औंं वार्षिक साधारणसभाले कुल २३.५० प्रतिशत लाभांश स्वीकृत गरेको छ। जसमा ५.५ प्रतिशत नगद र १८ प्रतिशत बोनस सेयर छन्। बोनस सेयर बाँडफाँडपश्चात संस्थाको चुक्तापुँजी ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

सोही सभाबाट संस्थापक समूहका सेयरधनीहरुका तर्फबाट सञ्चालक पदमा यादव अधिकारी, रामहरि शर्मा र रविनराज देवकोटा र सर्वसाधारण सेयरधनीका तर्फबाट दिलमानसिंह चन्द निर्विरोध निर्वाचित भएका छन्।

संस्थाको हाल सम्म ९ अर्ब निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । संस्थाको हालसम्म ९ अर्ब रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ९६करोड रुपैयाँ कर्जा लगानीरहेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल, धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्जशाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here