थप २६६ जनामा कोरोना संक्रमण, ४०० जना डिस्चार्ज

काठमाडौं, ४ माघ । नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४०० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ३ जना १९ सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here