बार्सिलोना भर्सेस एथ्लेटिक बिल्वाओ, कसले जित्ला स्पेनिस सुपर कपको उपाधि ?

काठमाडौं ४ माघ । स्पेनिस सुपर कपको उपाधिको लागि बार्सिलोना र एथ्लेटिको बिल्बाओ भिड्दैछन् । यी दुई क्लबबीचको उपाधि भिडन्त नेपाली समयअनुसार सोमबार बिहान पौने २ बजे सेभियामा सुरु हुनेछ ।

बिल्वाओलाई हराउदै बार्सिलोना सिजनको पहिलो उपाधि जित्ने दाउमा हुनेछ । तर, टोलीका कप्तान लियोनेल मेस्सीले बिल्वाओविरुद्ध खेल्ने सम्भावना न्युन छ । चोटका कारण मेस्सी प्रशिक्षणमा सामेल छैनन् ।

टोलीसँग एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, मार्टिन ब्रेथवेट, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, पेड्री, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, रोनाल्ड एराउजो, सर्जिनो डेस्ट र गोलरक्षक मार्क आन्दर टेर स्टेगन जस्ता खेलाडी रहेको छ ।

बार्सिलोनाले रियल सोसिडाडमाथि पेनाल्टी सुटआउटमा ३–२ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । एथ्लेटिको बिल्वाओ सेमिफाइनलमा रियल म्याड्रिडलाई २–१ ले हराउँदै फाइलनमा प्रवेश गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here