तातो पानीले नुहाउनुहुन्छ ? हुनसक्छ यस्तो समस्या

काठमाडौं । चिसो बढेसंगै धेरै मानिसहरु तातो पानीले नुहाउने गर्छन् । तर पानी ३२ डिग्री सेल्सियसभन्दा बढी भयो भने छाला र कपाललाई हानि पुग्ने कुरा छालारोग विशेषज्ञहरु बताउछन् ।

तातो पानीले नुहाउँदा छालामा रातोपना हुने, याशेज र एलर्जीको समस्या हुन्छ । तातो पानीले छालालाई सुक्खा बनाउँछ । त्यसबाट छालाको संक्रमणको खतरा बढ्छ ।

यस्ता छन् समस्याः

– तातो पानी नुहाउदा कपालको मोइस्चर कम हुन्छ, कपाल नराम्रो र सुख्खा हुन्छ ।

– तातो पानीका कारण छालाको सुक्खापन बढ्छ र चिलाउने समस्या आउँछ ।

– तातो पानीले नुहाउँदा आँखा सुक्खा हुन्छ । आँखा रातो हुने, चिलाउने र पानीबाट आँसु बग्ने समस्या आउँछ ।

– तातो पानीले तालुलाई सुक्खा बनाउँछ । यसले चायाँ ल्याउन सक्छ ।

– तातो पानीले हात र गोडाका नङमा खराब असर पार्छ । नङ भाँचिने, संक्रमण हुने र नङवरिपरिको छाला फाट्ने समस्या आउँछ ।

– तातो पानीले छालाको कोषिका क्षतिग्रस्त बनाउँछ । समयअगावै चाउरी पर्न थाल्छ ।

– तातो पानीका कारण रौं झर्ने र टुक्रिने समस्या आउँछ ।

– तातो पानीले छालाको चमक गायब बनाइदिन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here