६ महिनामा काठमाडौं महानगरमा ३ अर्व १० करोड राजस्व संकलन

काठमाडौं । काठमाडौं महानगरले चालु आर्थिक वर्षको ६ महिने अवधीमा ३ अर्व १० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

महानगरको अर्ध बार्षिक समीक्षा प्रतिवेदन अनुसार गएको ६ महिनामा ३ अर्ब १० करोड राजस्व संकलन गरेको हो । जसमा सरकारबाट समानीकरण अनुदान अन्तर्गत १ अर्व २१ करोड रुपैयाँ प्राप्त भएको महानगरले बताएको छ ।

राजस्व बाँडफाँडबाट २ अर्व ५५ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म १३ करोड रुपैयाँ प्राप्त भएको महानगरको प्रतिवेदनमा उल्लेख छ ।

गएको बर्ष यस अवधिमा ४ अर्व २२ करोड रुपैयाँ संकलन भएको थियो । कोविड १९ को महामारीका कारण दिइएको कर छुटका कारण गएको बर्षको तुलनामा यस बर्षको आधा बर्षमा कम राजस्व संकलन भएको महानगरको भनाई छ ।

लक्ष्यका आधारमा गएको बर्षको पहिलो ६ महिनामा ३५ प्रतिशत राजस्व प्राप्त भएको थियो भने यस बर्ष २९ प्रतिशत प्राप्त भएको छ । संकलित रकममध्ये १ अर्व ७५ करोड रुपैयाँ अनलाइन प्रणालीबाट प्राप्त भएको हो ।

महानगरका प्रमुख कर शीर्षकहरुमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर, करारीय आयलगायत छन् । यसैगरी संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त हुने आयलगायत छन् ।

वडामार्फत संकलन भएको राजस्व संकलनको अवस्था पनि सन्तोषजनक रहेको महानगरको दाबी छ । पुरानो बसपार्क र कवाडी करका लागि वोलपत्र आव्हान गरेको कारण यसबाट राजस्व वृद्धि हुने महानगरको अपेक्षा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here