अष्ट्रेलिया विरुद्धको टेष्ट सिरिज विजेता भारतिय टोलीलाई बीसीसीआईले ५ करोड बोनश दिने

ICC

काठमाडौं । अष्ट्रेलिया विरुद्धको टेष्ट सिरिज जितेको भारतिय टिमलाई बीसीसीआईले ५ करोड बोनश दिने घोषणा गरेको छ ।

भारतले मंगलबार अष्ट्रेलियाविरुद्धको वोर्डर गाभस्कर ट्रफी टेष्टमा २–१ ले जित निकालेसंगै विजेता टोलीलाई बीसीसीआईले ५ करोड बोनश दिने घोषणा गरेको हो ।

ब्रिसबेनमा चौथो तथा अन्तिम खेलमा ऋषभ पन्तको नटआउट ८९ रनको पारीले अष्टेलियालाई भारतले ३ विकेटले हरायो ।

भारतीय टिमको ऐतिहासिक जितमा बीसीसीआईले टोलीका लागि पाँच करोडको पुरस्कार राशि घोषणा गरेको हो ।

यता अष्ट्रेलियाको लागि भने यो ३२ वर्षयताको पहिलो हार हो । अष्ट्रेलियाले १९८८ देखि अहिलेसम्म आफ्नो मैदानमा टेष्ट सिरिज हारेको थिएन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here