थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना डिस्चार्ज

काठमाडौं, ६ माघ । नेपालमा थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४४१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ७ जना ६४ सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here